
गुल्मी ।
समयमा काम नगर्ने ठेकेदारलाई थुन्न शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्देशन दिएकी छन्।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा भएको सरकारी कार्यालयका कार्यालय प्रमुखहरूसँगको कार्यक्रममा झाँक्रीले कामको जिम्मा लिने र समयमै काम नसक्ने ठेकेदारलाई थुन्न निर्देशन दिएकी हुन्।



ठेकेदारकै कारण देशका ठूलाठूला विकास निर्माणका काम अलपत्र परेको भन्दै ठेकेदारहरूलाई नसुधारिएसम्म द्रुत गतिमा विकास नहुने उनले दाबी सुमेत गरिन्।
धेरै कामको जिम्मा लिने र समयमा काम पनि नसक्ने र गुणस्तरीय काम पनि नहुने गरेको उनले बताइन्।
झाँक्रीले विकास निर्माणका काम असार केन्द्रित हुने भएकाले असारे विकासलाई अन्त्य गर्नुपर्नेमा जोड दिइन्।









