
कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगामा गेटले च्यापेर एक जनाको मृत्यु भएको छ ।
बाणगंगा – २ मा रहेको श्रृङ्गगीघाट सिचांई जल उपभोक्ता समितिको बाध सुरक्षाको लागि बनाईएको गेटले च्यापेर गेटपालेको मृत्यु भएको हो ।



५९ बर्षका खिम बहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रृङ्गगीघाट सिचांई जल उपभोक्ता समितिको गेट सुरक्षित नहुदाँ थापाको मृत्यु भएको प्रहरीको अनुमान छ । थापा विगत १२ बर्ष देखि त्यहाँ कार्यरत रहेका थिए









