
रोल्पा ।
रोल्पामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रोल्पा नगरपालिका–९ ह्वामाको गर्पा कापडाँडा सडकबाट अटो २ सय मिटर तल खस्दाँ चालकको मृत्यु भएको हो।



ह्वामाबाट सदरमुकाम लिबाङ आउँदै गरेको अटो आईतबार दिउँसो १ बजे दुर्घटना हुँदा रुन्टीगढी गाउँपालिका–९ सखीका ३४ वर्षिय खुम रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यात्रुलाई गाउँ छोडेर सदरमुकाम फर्किने क्रममा अटो दुर्घटना भएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रा १ ह ३०५१ को अटो सडकबाट करिब दुईसय मिटर तल भिरमा खसेको र चालक रोकाको घटनास्थल मै ज्यान गएको हो ।









