
अर्घाखाँची –पुष १९



नेकपा एकीकृत समाजवादी की केन्द्रीय सदस्य, अर्घाखाँची सह(ईञ्चार्ज तथा पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेस प्रवेश गरेकी छन्।
आज दुर्गाफाँटमा आयोजित कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले गौतमलाई पार्टी प्रवेश गराएका हुन्।
गौतम ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई गौतम उपाध्यक्ष निर्वाचित भएकी थिइन्।
नेकपा एमालेबाट माधवकुमार नेपाल अलग भई नेकपा ९एकीकृत समाजवादी० पार्टी गठन गरेका थिए। त्यसबेला गौतम एमाले छाडेर समाजवादीतर्फ लागेकी थिइन्।
पाटी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न महामन्त्री थापा, केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसाल, केन्द्रीय सदस्य सञ्जय गौतम युवानेता डिल्लीराम सुवेदी लगाएतका नेताहरु कार्यक्रममा सहभागी रहेको कांग्रेस अर्घाखाँचीका नेता डा इन्द्रमणि पौडेलले जानकारी दिनुभएको छ ।
कार्यक्रममा करि, ८ हजार मानिसको जनसहभागिता रहेको कांग्रस पाणिनी गाउँपालिकाका सभापति तुल्सिराम पौडेलकोले आयोजकले जनाएका छन् ।









