ट्रेन्डिङ

ऋषि पञ्चमी परम्पराभित्र लुकेको जीवन–दर्शन :पण्डित दशरथ पाण्डेय

तानसेन बहुमुखी क्याम्पसको ३७ औँ वार्षिक दिवस सम्पन्न, आर्थिक प्रतिवेदन र आगामी बजेट पारित

प्रशासकीय नेतृत्वमा ठूलो फेरबदल : रामपुरसहित पाल्पाका ६ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए

मनोरञ्जनात्मक कार्यक्रमको बजेट कटाएर बाढीपीडितको राहतमा तिनाउ गाउँपालिकाको ३२ लाख ९४ हजार सहयोग

‘भोटेकोशीको भयानक भेलसँगै भक्कानिएका भावनाहरू’

देशैभर धान रोपाइँ सुस्त: सुदूरपश्चिम अगाडि मधेस सबैभन्दा पछाडि, लुम्बिनीमा कति ?

तानसेन वडा नं. ६ द्वारा ४ सय १९ जना जेष्ठ नागरिक तथा लक्षित वर्गलाई सम्मान

वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम सम्पन्न, उत्कृष्ट उद्यमी सम्मानित

तानसेन–१२ मा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन

इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द

सरकारी आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तीनै तहका सरकारलाई निर्देशन

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

पत्रकार महासंघ पाल्पाद्वारा स्थापना दिवसको अवसरमा प्रवाह बुलेटिनसँगै र वेभसाइट सार्वजनिक

पाल्पा, पुस १९
नेपाल पत्रकार महासंघ पाल्पाले ३० औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा प्रवाह बुलेटिन र वेभसाइट सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । विस २०४९ सालमा १९ जना सदस्यहरुले पाल्पा शाखा स्थापना भएको थियो ।
पाल्पा शाखा ३० औं स्थापना दिवसका अवसरमा संस्थापकहरु र पाल्पा शाखाका पुर्व अध्यक्षलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । नेपाल पत्रकार महासघका केन्द्रीय महासचिव रोशन पुरीले प्रवाह बुलेटिनको विमोचन, वेभसाइटको सार्वजनिक गर्नुभयो । महासचिव पुरीले भन्नुभयो कार्यक्रममा फेसबुकमा लेखेका कुरा सबै समचार होइनन्, दलहरुले पत्रकारहरुलाई राजनीतिकरण गरेको आरोप पनि छ। पत्रकार महासघको विधानले पत्रकारलाई दलमा रहन नपाउने व्यवस्था, पाल्पा मार्फत स्थानीय तहको चुनावमा उम्मेदवार बन्नेहरु सदस्यता छोडेर जानु अनुरोध गर्नुभयो । पत्रकारहरूलाइ राजनीतिक दलबाट आवद्धता होइन, श्रमजीवी पत्रकारहरुको साँझा संस्थाको रुपमा पहिचान बनाउन र सरकारी मिडियालाई जनमुखी बनाउनुपर्नेमा पुरीको जोड थियो ।

संस्थापक अध्यक्ष मेघराज शर्माले पाल्पामा शाखा स्थापना गर्न २० जना सदस्य नपुगेर गुल्मीबाट एक जना पत्रकार ल्याएर गठन गरिएको अनुभव सुनाउनुभयो । उहाँले नेपाल पत्रकार महासघ पाल्पा शाखाका अध्यक्षहरुले केही न केही काम गरी रहनुभएकोले बताउनुभयो । पाल्पाको पत्रकारिकता निष्ठा, इमान्दारिकता पत्रकारिकता लागि पहिचान बनाएको उहाँले बताउनुभयो । निष्ठा र आदर्श पत्रकारिकता क्षेत्रमा पाल्पा शाखा केन्द्रबाट सम्मान भएको उहाँले बताउनुभयो । प्रेस स्वतन्त्रताका पक्षमा बोलिरहनुपर्ने छैन, व्यवहारमा देखाउनुपर्ने उहाँले बताउनुभयो । निष्पक्ष भाषण गरेर पनपक्षको व्यवहार गरिरहने चलनको अन्त्य गरी निष्पक्ष व्यवहार गर्नुपर्ने हुन्छ ।
प्रदेश सभा सदस्य नारायण आचार्यले समानुपातिक विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित गरी स्थानीय मिडिलालाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले विज्ञापन वितरण प्रणाली केन्द्रीकृत रहेकोले यसलार्ई समानुपातिक रुपमा वितरण गर्न माग गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई थप जिम्मेवारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

तानसेनका नगरप्रमुख अशोक कुमार शाहीले पत्रकारिता नहुँदा सूचना विहिनता जस्तो समाज हुने बताउनुभयो । पाल्पाका पत्रकारहरुको उचाई अन्य क्षेत्रका पत्रकारहरुको भन्दा फरक हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले झोलामा रहेको पत्रकार महासघको भवनलाई निर्माणमा नगरपालिकाले सहयोग गर्नुभयो । उहाँले तानसेन नगरपालिकाले पत्रकारको क्षमता विकास तथा पत्रकारहरुको हितका काम गरिरहेको बताउनुभयो । पत्रकार र पत्रकारिता क्षेत्रको प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नुभयो । पत्रकारिकतामा पक्षधरताले पत्रकारिकता क्षेत्रका लागि बाधक हो । पत्रकारहरुले सत्य तथ्य, जनताले देखेका विषयबस्तुहरु उठान गर्नुपर्ने उहाँले बताउनुभयो ।
रामपुर नगर उप प्रमुख विष्णुदेवी आचार्यले समाजमा देखिएका सबै प्रकारका कमीकमजोरीहरु सञ्चार माध्यमले उठाउनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि, दलहरुका कमीकमजोरीहरु उठान गरी सुधार गर्नुपर्ने बताउनुभयो । समाजमा सबै भन्दा बढी पत्रकारिता क्षेत्रलाई सम्मानको आवश्यक रहेको उहाँले बताउनुभयो ।
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले स्थानीय तहका कामहरुको पत्रकारहरुले अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारिकतामा लागेका व्यक्तिहरुलाई समाजमा परिचित हुनुपर्ने बताउनुभयो । पाल्पाका पत्रकारहरुले लेखन राम्रो हुनुपर्ने उहाँले बताउनुभयो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगनाथ पन्थले सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारहरु परिवर्तनका संवाहक पनि हुनुहुन्छ । पत्रकारिता गर्ने पत्रकारहरुमाथि जोखिम पनि उतिकै मात्रामा रहेको पाइन्छ । गणतन्त्र नेपालमा पत्रकारिकता गर्ने पत्रकारहरु माथि जोखिम कम हुँदै गएको छ । पत्रकारिकता विश्वसनिय हुनुपर्ने कुरामा प्रजिअ पन्थले जोडदिनुभयो ।
नेपाली काँग्रेसका जिल्ला अध्यक्ष हिमालदत्त श्रेष्ठले नेपाल पत्रकार महासघ पाल्पा शाखाको तीस वर्षे यात्रा पुरा गरेको इतिहास रहेको बताउनुभयो । वास्तविक पत्रकारहरुको महासघबाट छुटेका पत्रकारलाई आवद्ध गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । पत्रकारहरुले उचित पारिश्रमिक पाउन नसकेको अवस्था रहेको बताउनुभयो । पत्रकारिकता क्षेत्र धरासायी हुने अवस्था रहेकोले स्थानीय तहको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेकपमा माओवादी केन्द्रका जिल्ला सदस्य मथुरा ढकालले प्रवाह बुलेटिनबाट पाल्पाको पत्रकारिकता सम्वन्धि ज्ञान हासिल गर्न सकिने बताउनुभयो । हाम्रो परम्परागत पत्रकारितालाई नयाँ डिजिटल पत्रकारिकताले विस्थापित गरेको उहाँले बताउनुभयो । सूचना प्रविधिमा आधारित पत्रकारिकताका माध्यमबाट अगाडि बढ्दा पत्रकारिकता पेशा जोगाउन सकिने उहाँले बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डेय ९कमल०ले नेपाल पत्रकार महासघले जनयुद्ध देखि विभिन्न समयमा खेलेको भूमिकाहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले लोकतन्त्रको सुन्दरपक्षहरु अनुसरण गरी अघि बढ्नुपनेृ उहाँले बताउनुभयो ।
जनता समाजवादीका जिल्ला अध्यक्ष नवीन सुनुवारले पाल्पाका पत्रकारहरुले अग्रगामी परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले स्वतन्त्रत पत्रकारिकता जोगाउन पत्रकारहरुको साथ सहयोग गर्नुपर्ने बताउनुभयो । पाल्पाली जनता सुनका थालमा बसेका जनता हुन, उनीहरुको पक्षमा कलम चलाउनुपर्ने उहाँले बताउनुभयो । समाजमा वर्ग र वर्णका आधारणमा विभेद रहेकोले त्यसको चिरफार गर्न पत्रकारको कलम चलाउनुपर्ने उहाँले बताउनुभयो ।
राप्रपाका जिल्ला अध्यक्ष डुल बहादुर कुँवरले मुलुकाको परिर्वतन, जनतालाई चेतना वृद्धि तथा राम्रा काम सार्वजनिक गर्न मिडियाको भूमिका प्रभावकारी हुने बताउनुभयो । उहाँले पत्रकारहरुको राजनीतिक आस्था राखेपनि पत्रकारितामा आस्थाको झल्को देखिन नहुने बताउनुभयो ।
रामोर्चाका पूर्व अध्यक्ष विशाल दर्लामीले नेपालको राजनैतिक परिर्वतनका खातिर पत्रकारहरुको गौरवमय इतिहास रहेको बताउनुभयो । पाल्पाको राजनैतिक परिवर्तनका पत्रकार जगतको उल्लेखिय सहयोग र इतिहास रहेको उहाँले बताउनुभयो । पत्रकारिकताको मुख्य कर्मबाट बाहिर गएको भन्ने चिन्ता नागरिकमा आएकोले सही दिशामा पत्रकारिता गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । पत्रकारलाई पत्रकारका रुपमा चिनिने भन्दा पनि नेताका रुपमा परिचय बनाउन थालेकोले प्रतिको कार्यले पत्रकार आचायसंहिता विपरित भएको उहाँले बताउनुभयो ।पत्रकारिकता गौरवपूर्ण तथा चुनौती पूर्ण पेशाका रुपमा रहेको र यसलाई जनपक्षिय बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
पूर्व अध्यक्ष राजेश कुमार अर्यालले पाल्पाली पत्रकारहरुको लागि जीवनवृद्धि, समानुपातिक विज्ञापन, नेपाल पत्रकार महासघको सवलीकरणमा सहयोग आवश्यक रहेको छ । पूर्व अध्यक्ष झपेन्द्र गहिरेले दल र पत्रकारहरु एकजुट भई राजनैतिक परिवर्तन सम्भव भएको बताउनुभयो । पाल्पाको पत्रकार महासघ दम भएको नागरिक समाज भएको उहाँले बताउनुभयो । उहाँले सबैको साझा संस्थाहरुको रुपमा नेपाल पत्रकार महासघ रहेको अवगत गराउनुभयो ।

संस्थापक देवी प्रसाद बस्यालले महासंघका सदस्यले संस्थागत हितका लागि मात्र काम गर्नुपर्ने बताउनुभयो । महासघका अगुवाई केही विशिष्ट काम गर्न वातावरण सिर्जना होस भनी शुभकामना व्यक्त गर्नुभयो ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले पाल्पाको विकासमा पत्रकारिकता क्षेत्रको सहयोगको आवश्यक रहेको बताउनुभयो । पत्रकारले राम्रो लेखिदिए पाल्पाको पर्यटन क्षेत्रको विकास हुने उहाँले बताउनुभयो ।
सल्लाहकार कमल तिमिल्सेनाले पाल्पाको परिर्वतनमा अग्रणीय भुमिका खेलेका पत्रकारिता क्षेत्र अप्ठारो पर्दा स्थानीय तहहरु सम्वेदनशिल नभएको बताउनुभयो । स्थानीय मिडियाको सवलीकरणमा स्थानीय तहको विशेष चासो राख्नुपर्ने उहाँले बताउनुभयो ।
पूर्व अध्यक्ष गोविन्द भट्टराईले पत्रकार महासघको संस्थागत विकासका लागि टेवा दिन आग्रह गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य शाखाका उपाध्यक्ष भरत शर्मा र सञ्चालन सचिव यक्षमुत्ति तिमिल्सेना, कार्यक्रमको अध्यक्षता अध्यक्ष रेखीराम रानाले गर्नुभएको थियो ।

सम्बन्धित खवर