
दाङ ।
दाङमा साढे पच्चिस हजार मतदाता थपिएका छन् ।
फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा दाङमा सो संख्यामा मतदाता थपिएका हुन ।
पहिलो चरणमा बबई, शान्तिनगर, दंगीशरण र बंगलाचुली गाउँपालिाकामा मंसिर १७ देखि पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली संकलन गरिएको थियो ।



त्यस्तै दोस्रो चरणमा पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा नामाबली संकलनको कार्य भएको हो ।
यो बीचमा तुलसीपुर उपमहानगरपालिका र घोराहीमा पनि संकलन कार्य भएको छ ।
जसका लागि तुलसीपुरस्थित इलाका प्रशासन कार्यालय, घोराहीको प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमहीबाट संकलनको हुँदै आएको छ ।
बसाइसराइ र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली संकलन गर्ने गरिन्छ ।
दाङमा यसअघि तीन लाख ७७ हजार पाँच मतदाताले आफ्नो नाम दर्ता गराएका थिए ।









