
तिलोत्तमा ।
एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड मंगलापुर रुपन्देहीले बुधबार रक्तदान कार्यक्रमका साथै राहत वितरण गरेको छ ।
संस्थाको स्थापना दिवसको अवसर पारेर सहकारीले रक्तदान र अनाथ बालबालिकालाई राहत प्रदान गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन तिलोत्तमा–९ का वडाअध्यक्ष नारायण प्रसाद न्यौपानेले गरेका थिए ।



कार्यक्रममा संस्थाका सदस्य तथा अन्य नियमित रक्तदाताबाट ५१ युनिट रगत संकलन भएको वरिष्ठ व्यवस्थाक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए । संस्थाले स्थापना दिवसकै अवसरमा तिलोत्तमा–९ तुलसीपुरमा रहेको सिर्जनशील अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई न्यानो कपडा, खाद्यान्न सामग्री, खाना पकाउने सिलिण्डर राहतस्वरुप प्रदान गरेको छ ।
त्यस्तै स्थापना दिवसकै अवसरमा संस्थाले बुटवल मैनाबगरमा बसोबास गर्ने संस्थाका शेयर सदस्य बलराम पछाईंको मृत्यु भएकोमा निजको परिवारलाई समेत शोक अनुदान बापत एकलाख रुपियाँ र कल्याणकारी कोषबाट शेयर बराबरको रकम पाँचहजार रुपियाँ गरी एकलाख पाँचहजार रकम राहत स्वरुप मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । संस्थाले बिगतदेखि नै मृतक सदस्यहरुको परिवारलाई राहतस्वप एकलाख र शेयर बराबरको रकम अनुदान दिंदै आएको छ ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष न्यापानेले सहकारीले रक्तदान र राहत वितरण जस्तो मानवीय सेवामा आफूलाई अग्रसर गराएकोेमा धन्यवाद दिए ।









