
दिपक भट्टराई,पुष २३



लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथा सिंचाई मन्त्री विर बहादुर रानाले कांग्रेस को १४ औ महाधिवेशनकोमा भएका केहि विषयलाई लिएर पार्टी भित्र टिका टिप्पणी नर्गन आग्रह गर्नुभयो । महाधिवेशनकोे विषयलाई लिएर पार्टी भित्रका केहि व्यक्तिहरुले सामाजिक सन्जालमा ल्याएका कुराले पार्टीलाई फाईदा नगर्ने हुदा यस्ता गलत तथा भ्रामक कुरा सामाजिक संन्जालमा पोष्ट गरेर सिंगो काग्रेसलाई असर हुने खाले कुनैपनि कार्य नर्गन पाटी कार्यकर्तालाई आग्रह गर्नुभएको हो मन्त्री रानाले जो जसरी वडा देखि केन्द्र सम्म नेतृत्व मा आएपनि कांग्रेस नै आएको हुँदा कसैलाई आरोप प्रत्यारोप नर्गन समेत सुझाव दिनुभयो तानसेन वडा न. ३ को वडा कार्यालय समुद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पाल्पाका निवर्तमान सभापति समेत रहेका वीर बहादुर रानाले अब कांग्रेसको अधिवेशन सकिएकाले त्यो बेला भएका केही कमि कमजोरी लिएर कांग्रेस भित्र गुठ,उपगुठ श्रृजना नगरी पाटीलाई एक्क ढिक्का भएर अगाडी बढाउन कार्यकर्तालाई सुझाव दिनुभएको छ ,उंहाले सबल सक्षम र सांगठनिक नेपाली काँग्रेस अब नयाँ सोंचबाट अगाडि बढेको हूनाले आगामी निर्वाचनमा काँग्रेस पार्टीलाई पहिलो पार्टी बनाउन वडा देखिनै लाग्नु बताउनु भयो ।
कार्यालय समुद्घाटन कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपसभापति भरत शर्मा,नेपाल महिला संघ पाल्पाकी उपसभापति मीना पन्थी , महासमिति सदस्य एवं युवा नेता राजेन्द्र गोपाल सिंह,विशिष्ट अतिथि तथा नगर सभापति सुर्वण मुनि शाक्य, विशिष्ट अतिथि नेपाली कांग्रेस जिल्ला उपसभापति ज्ञान बहादुर गाहा लगायतले आफ्नो धारणा सहित शुभकामना मन्तव्यराख्नु भएको थियो ।कार्यक्रमका सभापति तथा नेपाली कांग्रेस तानसेन ३ का सभापति पुष्कर राज रेग्मीले कार्यालय ३ न.वडा को मात्र नभएर सिङ्गो पाटीको भएको हुनाले सबैको सहयोग तथा सुझावको अपेक्षा गर्नुभयो । क्रियाशील सदस्यहरूबाट प्राप्त सहयोगको आधारमा वडा कार्यालय संचालन गरिएको तानसेन ३ का सभापति पुष्कर राज रेग्मीको जानकारी दिनु भयो । पुष्कर राज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति पल्लव के सी द्धारा स्वागत र सचिव सुनिल थापा क्षेत्रीद्धारा संचालन गरिएको थियो । वडा समितिको कार्यालय बसन्तपुर टोलमा रहेको छ ।










