
काठमाण्डौ ।
गएको २४ घण्टामा नेपालमा नौ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी १४ हजार नौ सय ७१ जनाको नमुना परीक्षण गर्दा नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ सङ्क्रमित निको भएका छन् । यो अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
अहिले नेपालमा पाँच हजार सात सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार तीन सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।








