
पाल्पा ।
पाल्पामा बिहीबार राति एक वृद्धाको हत्या भएको छ।
तानसेन नगरपालिका–६ कुन्सरेकी ६५ वर्षीया सरस्वती घर्तीमगरको धारिलो हतियार प्रयोग गरि हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।



टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा ती महिलाको शव शुक्रबार बिहान करिब ९ बजे जंगलमा फेला परेको त्वातीले बताए । बिहान घरमा नदेखेपछि मृतकका छोराले खोजी गरेका थिए।
खोजी गर्नेक्रममा घरभन्दा करिब ५० मिटर टाढा जंगलमा शव फेला परेको उनले बताए । घटना रातिनै घटेको अनुमान गरिएको छ।
ती महिला घरमा एक्लै बस्दै आएकी थिइन्। घटना कसले र किन घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।









