
सन्धिखर्क ।
नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल निर्वाचित भएका छन् ।
८ औं जिल्ला अधिवेशनबाट भुसाल सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । एमाले शीर्ष नेता सहितको जिल्ला प्रतिनिधिले हलबाटै सर्वसम्मत भुसाललाई अध्यक्षमा चयन गरेका हुन्।



यसैगरि अन्य पदाधिकारीहरु पनि निर्विरोध सर्वसम्मत चयन भएका छन् ।
जस अनुसार उपाध्यक्षमा ईश्वरा पोखरेल, सचिवमा तोजबहादुर रायमाझी, उपसचिवमा शम्भु पोखरेल र भीम केसी रहेको एमाले कार्यालय सचिव लीला विकले बताए । अन्य सदस्यहरु पनि सबै सर्वसम्मत चुनिएको उनले बताए ।

निर्वाचित ९० सदस्यीयमध्ये ३० जना महिला रहेका छन् । नव निर्वाचित जिल्ला कमिटीको बैठकले ९ जनालाई जिल्ला सदस्यमा मनोनित गरी ९९ जनाको जिल्ला कमिटी हुने विकले बताए ।
एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का,
केन्द्रीय सदस्य तथा सह–इन्चार्ज चेतनारायण आचार्य, पूर्वअध्यक्ष रामजीप्रसाद घिमिरे लगायतका शीर्ष नेताको छलफलपछि जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।









