
दाङ ।
चोरी भएको गहनासहित दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
राप्ती गाउँपालिका– १ भालुबाङ बस्ने देबी क्षेत्रीको घरबाट चोरी भएको गरगहना सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।



प्रहरीका अनुसार पक्राउ पर्नेमा भालुबाङका १८ बर्षीय बसन्त खत्री र २३ बर्षीय खेमराज चौधरी रहेका छन् ।
पक्राउ परेका दुईजनाबाट सुुनको बाला ५ थान, मंगलसुुत्र २ थान,सुनको सोली ४ थान, चाँदीको सिक्का एक थान, ३९ हजार ५ सय नगद र
एक थान मोबाइल बरामद गरिएको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।
क्षेत्रीको घरको पूजा कोठामा झोलामा राखेको गरगहना, नगद, रकम र मोबाइल चोरी गरेको निवेदन इलाका प्रहरी कार्यालय भालुबाङमा परेको थियो ।









