
कपिलवस्तु ।
कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
बचतकर्ताहरुको रकम हिनामिना भएपछि २ बर्षदेखि अदालतमा मुद्धा चलि रहेको छ ।



मुद्धाको कुनै निर्णय नआएपछि उनीहरुले जिल्ला प्रशासन घेराऊ गरी अन्दोलन गरेको बचतकर्ता दुगेश पाण्डयेले बताए ।
करीब ४ सय २० बचतकर्ताहरुको पैसा सहकारीमा फसेको छ । अदालतबाट २ वर्ष देखि कुनै फैसला नभएपछि उनीहरुले जिल्ला प्रशासनमा घेराऊ गरी आफ्नो पैसा माग गरेका छन् ।
संस्थाको १२ करोड हिनामिना गरेको आरोपमा ५३ जना विरुद्ध जिल्ला अदालतमा मुद्ध दायर भएको छ ।
११ करोड ९९ लाख ५३ हजार ८ सय २६ रुपैया ठगी भएको भन्दै रकम अपचलन गरि ठगी गरेको तथा संगठित अपराध मुद्दा दायर गरेको हो । ठगी गरेको अरोपमा ४ जनालाई अदालत पेश गरेको छ ।









