
बुुटवल ।
लायन्स क्लव अफ लुम्विनीले वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
बुटवल उपमहानगरपालिका १७ मोतिपुर स्थित मोतिपुर माविमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो ।



कक्षा शिसुदेखि कक्षा ४ सम्मका १ सय ७ जना वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको क्लवका अध्यक्ष लाल बहादुर थापाले जानकारी दिए ।
लायन्स क्लवका संस्थापक मेल्भिन जोन्सको १४३ औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा लायन्स क्लवका
डिष्ट्ीक एडभाईजर उमंग देवकोटा, क्लव प्रथम उपाध्यक्ष मनोज राना, कार्यक्रम संयोजक राजु गौडेल, विद्यालयका प्रधानाध्यापक
लक्ष्मण मरासिनी लगायतले मन्तव्य राखेका थिए ।

सचिव तुल्सीराम न्यौपानेको संचालनमा भएको कार्यक्रममा अध्यक्ष थापाले चिसो मौसममा वालवालिकालाई न्यानो कपडा वितरण गर्न पाउदं खुसी लागेको बताए ।
न्यानो कपडा वितरण कार्यक्रममा क्लवका पदाधीकारी तथा सदस्यहरु, विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।









