
बुटवल ।
लुम्बिनी प्रदेशमा बिहीबार एकै दिन ३ जना मानिसहरू मृत फेला परेका छन् ।
तीन जना मध्ये २ जना मानिस दाङमा मृत फेला परेका छन् ।



दाङको घोराही उपमहानगरपालिका–१५ दिपशीका चोकस्थित मानव समाज कल्याण सेवा घरमा रहेका हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी दाङ कै बबई गाउँपालिका–५ बगरपुर बस्ने ३५ वर्षीय धनी कुमारी खड्का आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
यता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथ स्थित निर्माणाधीन भवनमा लेबर काम गर्ने हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोही भवनमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाबारे थप अनुसन्थान भै रहेको प्रहरीले जनाएको छ ।









