
बुटवल ।
रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बिहिबार दिउँसो जिल्लाको देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर
दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनवल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।



अनियन्त्रित भई टिपर सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।









