
भैरहवा ।
रुपन्देहीको भैरहवामा शुक्रबार भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
सद्धार्थनगरको बुद्ध चोकमा लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिका स्थित खुन्साका ४० वर्षीया जीवराज बस्यालको घटनास्थलमै मृत्यु भएको हो ।



बाटो क्रस गर्ने बेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बस्याललाई ठक्कर दिएको थियो । ठक्कर दिएको ट्रकले केही दुरी घिसारेपछि उनको मृत्यु भएको हो ।
बुद्ध चोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनी नजिक ल्याएपछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गर्दा क्षति पुगेको छ ।
प्रहरीले ट्रक र चालक प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ ।









