
काठमाण्डौ ।
भोलिका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज सूचना निकालेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।
महासचिव गौतमले विशेष कारणवश बैठक बस्न नसक्ने बताए ।



यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामार्फत जानकारी दिइएको थियो ।
प्रतिनिधिसभा बैठक पनि स्थगित हुँदै आएको छ ।
संसद्मा प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र कोरोना सङक्रमणलाई कारण देखाउँदै दुवै सदनका बैठक स्थगित हुँदै आएका छन् ।








