
नेपालगञ्ज ।
बाँकेमा तीन वटा ल्याबमा एक सय ७२ जनाको परीक्षण गर्दा ५८ जनामा कोरोना पुष्टि भएको छ।
भेरी अस्पतालमा ३५ मा १९ जना, कोहलपुर मेडिकल कलेजमा ६८ मा १९ जना र बागेश्वरी ल्याबमा ६९ जनाको परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको छ।



नेपालगञ्ज नाकामा २ सय ९० जनाको जाँच गर्दा २७ जनामा कोरोना देखिएको छ। नाकामा भारतबाट आएका व्यक्तिलाई जाँच गर्ने गरिन्छ।
यस्तै बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की ४१ वर्षीया महिलाको सोमबार भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार,पुस ३० गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई त्यही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो। उनको सोमबार दिउँसो १ः१५ बजे मृत्यु भएको छ।
मृतकले कोभिडविरुद्धको कुनै पनि खोप नलगाएको पाइएको छ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४ सय ३७ जना पुगेको छ। कोरोनाबाट बाँके जिल्ला निवासी ३ सय ४५ जनाको मृत्यु भएको छ।









