
काठमाडौं ।
पश्चिमी वायुको प्रभावका कारण आज पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार बिहान प्रदेश १ र मधेश प्रदेश लगायत पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ।



दिउँसो देशभर आंशिक बदली रही पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै‚ उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतः सफा रहने छ।
पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।








