
रोल्पा ।
श्रीमानको हत्या आरोपमा रोल्पामा श्रीमती पक्राउ परेकी छन्।
जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ६ की ४१ वर्षीया मीना पुन मगरले ४५ वर्षीय श्रीमान काले पुन मगरलाई हत्या गरेको प्रहरीले जानकारी दिएको छ।



इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक लक्ष्मण वली नेतृत्वको टोलीले मंगलबार बेलुका घरनजिकै बारीमा ढुंगाले टाउकोदेखि छातीसम्म छोपिएको अवस्थामा शव फेला पारेको थियो।
घटना अनुसन्धानका क्रममा श्रीमती मीनाले नै श्रीमानको कर्तव्य गरी हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।
मीनाले हँसिया तथा ढुंगाले प्रहार गरी श्रीमानको हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार मीनाको विगत केही वर्षयता मानसिक सन्तुलन ठिक नभएको छिमेकीबाट खुलेको प्रहरीले बताएको छ।
आरोपित मीनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।









