
काठमाण्डौ ।
आउँदो सोमबारसम्म देशभरको मौसम बदली हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाशाखाले दिउँसो विशेष बुलेटिन सार्वजनिक गरेर भोलिदेखि अर्को न्यून चापीय प्रणाली प्रवेश गर्ने भएकोले सोमबारसम्म मौसम बदली हुने जानकारी गराएको छ ।
विभागका अनुसार, पश्चिम नेपालबाट छिर्ने यो न्यून चापीय प्रणालीका कारण भोलि शनिबार, आइतबार र सोमबार देशभरिको मौसममा प्रभाव पर्नेछ ।



उच्च भागमा हिमपात तथा पहाडी र तराईका भागमा मेघ गर्जनसहित मध्यम स्तरसम्मको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो न्यून चापीय प्रणाली मंगलवारदेखि कमजोर हुँदै जाने र त्यसपछि मात्रै आकाश पूर्ण रूपमा खुल्ने महाशाखाले निकालेको विशेष बुलेटिनमा उल्लेख छ ।
महाशाखाले सोमबारसम्म अत्याधिक चिसो बढ्ने अनुमान गर्दै चिसोबाट बच्न र हिमपातबाट जोगिन सतर्क गराएको छ ।








