
काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् ।
बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।



बालुवाटारमा बस्ने बैठकमा संसद्को गतिरोध अन्त्य, पालिका तह चुनाव लगायतका समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।
एमाले सहभागी नहुने :
नेकपा एमालेका प्रवक्ता उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनका नाममा गरिने जालझेलयुक्त छलफलमा एमाले सहभागी नहुने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार बिहान बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने स्पष्ट पार्दै प्रवक्ता ज्ञवालीले
संविधान र कानूनले नै निर्वाचन कहिले गर्ने भनेर स्पष्ट तोकेकाले यसबारे थप छलफल गर्न सर्वदलीय बैठक आवश्यक नरहेको बताए ।








