
बुटवल ।
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनको सबै तयारी पूरा भएको छ ।
घोराही स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा बुधवार विहान ९ बजे बाट मतदान सुरु हुनेछ ।



मतदान दिउँसो ३ बजेसम्म चल्ने र त्यसपछी मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकृत गेहेन्द्र कुवरले जानकारी दिए । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै मतदानको व्यवस्था मिलाइएको उनको भनाई छ ।
लुम्बिनी प्रदेशमा नेकपा एमाले र सत्ता गठबन्धनको तर्फबाट ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिस्पर्धामा रहने हरुमा नेकपा एमालेबाट दलित तर्फ गुल्मीका कृष्ण सुनार, महिला तर्फ बाँकेकी भारती उपाध्याय खनाल र अन्यका लागी दाङका रामदयाल गुप्ता चुनावी मैदानमा छन् ।
यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बाँके निवासी युबराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा चुनावी मैदानमा छन् ।
लुम्बिनी प्रदेशमा २९६ जम्मा मतदाता छन्, जसमध्य ८१ जना प्रदेशसभा सदस्य र २१५ जना स्थानीय तहका प्रमुख÷उप–प्रमुख मतदाता रहेका छन् ।









