
बुटवल ।
रुपन्देही व्यापार संघको मंगलवार बसेको कार्यसमितिको बैठकले संघको सल्लाहाकार तथा कार्यसमितिका सदस्यहरु मनोनित गरेको छ ।
संघको कार्यालयमा बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले सो निर्णय गरेको संघका महासचिव दयानिधि भण्डारीले जानकारी दिनु भयो ।
गत पुष १९ गते सम्पन्न संघको २० औ साधारणसभा तथा ११ औं अधिवेशनबाट निर्वाचित नया कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको हो ।
बैठकमा संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले प्रस्ताव गर्नु भएको नामावली बैठकले अनुमोदन गरेको थियो ।



संघको सल्लाहाकारमा आनन्दप्रसाद रेग्मी, जोगलाल विश्वकर्मा, माधव नेपाल, तुल्सीराम बञ्जाडे, बालाराम भट्टराई, कृष्ण प्रसाद पाण्डे, सुरज पाण्डे, रणबहादुर खनाल, खिमानन्द पोखरेल, खेमराज पुन, सूर्यबहादुर भटट्राई, ऋषिबहादुर भण्डारी, समुद्र जिसी रहनु भएको छ ।
सोही बैठकले संघको आर्थिक सल्लाहाकारमा डा. ताराप्रसाद उपाध्याय, प्रेस सल्लाहाकारमा सुमन अधिकारी, कानुनी सल्लाहाकारमा लेखनाथ ढकाल
र प्राविधिक सल्लाहाकारमा ई. ज्ञानप्रसाद अर्याललाई चयन गरेको महासचिव भण्डारीले जनाउनु भयो । बैठकले संघको मानार्थ सदस्यमा बैकुण्ठ कोइराला तथा मनोनित सदस्यमा
मिलन सुनार, पिताम्बर अर्याल, जयलाल न्यौपाने, खगुलाल गिरी र जिवनारायण घिमिरेलाई मनोनित गरेको छ ।
बैठकले संघको २ वर्षे रणनीतिक कार्ययोजना कार्यशाला गोष्ठी आगामी फागुन ७, ८ र ९ गते गर्ने निर्णय गरेको छ । सो गोष्ठि सम्पन्न गर्न सघंका वरिष्ठ उपाध्यक्ष
डिल्लीराज भण्डारीको संयोजकत्वमा कोषाध्यक्ष नामदेव याण्डे र सहकोषाध्यक्ष मनिराम खनाल(मणी) सदस्य रहेको समिति गठन गरेको छ । संयोजक भण्डारीले संघले आयोजना गोष्ठिलाई
उपलब्धीमुलक बनाउने गरि आयोजना गरिने बताउनु भएको छ ।
बैठकले संघले आगामी नया बर्षमा प्रकाशन गर्ने भित्ते पात्रोको तयारीका लागि सचिव फर्सुराम पन्तको संयोजकत्वमा सदस्यहरु ठाकुरप्रसाद आचार्य, प्रकाशराज पौडेल, वृन्दा आचार्य भट्टराई, मनिमदिन मिया“, रितेश ज्ञवाली र नलराज नेपाल रहेको समिति बनाएको छ ।









