
बुटवल ।
लुम्बिनी प्रदेशका तीन जना राष्ट्रिय सभा सदस्यमा सत्तारूढ गठबन्धनले जितेको छ।
मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारको पक्षमा ३३१२ मतभार पुगेको छ।



निर्वाचित हुनेमा राजेन्द्रलक्ष्मी गैरे नेकपा (एकीकृत समाजवादी), कुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस) का उम्मेदवार हुन्।
उनीहरूले नेकपा एमालेका भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्तालाई पराजित गरेका छन्।









