
बुटवल ।
तिनाउ खोलामा फेला परेको बेवारिसे महिलाको शव बिहीबार साँझ सनाखत भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ विद्युत ड्याम नजिकै तिनाउ खोलाको बीच भागमा घोप्टो परेको अवस्थामा भेटिएको शव रुपन्देही सैनामैना नगरपालिका–३ की ७८ बर्षीया जितकुमारी कार्कीको रहेको प्रहरीले जानकारी दिएको छ ।



अनुसन्धान गर्दै जाँदा उक्त शव कार्कीको भएको थाहा भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
मृतकका छोरा चक्रबहादुर कार्कीले आमाको शव पहिचान गरी बुझेर लगेको पचभैयाले बताए ।
चक्रबहादुरका अनुसार जितकुमारी माघ ७ गते मर्निङ वाकका लागि घरबाट निस्किएकी थिइन् ।









