
दाङ ।
राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर–सल्यान–कपुरकोट सडकखण्ड दैनिक ७ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
यही माघ १६ गतेदेखि माघ २५ गतेसम्म २ चरणमा गरि दैनिक ७ घण्टा आवागमन बन्द हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ।



कार्यालयका अनुसार बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ११ बजेदेखि ४ बजेसम्म बाटो बन्द हुने छ।
सल्यान कपुरकोटदेखि चोरखोलासम्म सडक स्तरोन्नति गर्न बन्द गर्न लागिएको कार्यालयले जनाएको छ।
यसअघि पनि पटक–पटक सवारी आवागमन बन्द गरी सडक स्तरोन्नतिको काम भएकोमा फेरि समय थपेर काम गर्नुपर्ने अवस्था भएको कार्यालयले जनाएको छ।









