
काठमाण्डौ ।
केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने मौसमविद्ले बताएका छन् ।
न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।



उनका अनुसार मौसम पूर्णरुपमा खुल्न भने केही दिन लाग्नेछ । पानी परेपछि मात्रै मौसम पूर्णरुपमा खुल्ने भए पनि तत्काल पानी पर्ने सम्भावना नदेखिएको उनको भनाइ छ।
केही दिनयता राम्ररी घाम नलाग्दा देशभरको मौसम धुम्मिएकाले चिसो बढेको छ ।








