
भैरहवा ।
रुपन्देही क्रिकेट संघले क्रिकेट एकेडेमी सञ्चालन गर्ने जनाएको छ ।
शनिवार भैरहवामा पत्रकार सम्मेलन गर्दै संघले एकेडेमी सञ्चालन गर्ने बताएको हो ।



संघले केही समयभित्र नै एकेडमी सञ्चालनमा ल्याउने जनाएको छ । एकेडमी सञ्चालनको लागि रुपन्देही क्रिकेट संघले समिति समेत निर्माण गरेको छ । संघका अनुसार पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर बसन्त शाहीको संयोजकत्वमा समिति बनाएको हो ।
त्यस्तै रुपन्देही क्रिकेट संघले यही माघ २७ देखि २९ गतेसम्म तीनदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
संघको नयाँ कार्यसमिति आएपछिको पहिलो कार्यक्रमको रुपमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।
संघले रुपन्देहीमा हरेक बर्ष आयोजना हुने रुपन्देही सुपर लिगलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । रुपन्देही सुपर लिग आगामी फागुन ११ देखि संचालन गरिने बताइएको छ ।








