
काठमाडौं ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या करिब १३ पुगेका छन् ।
शिक्षा विकास तथा मानव स्रोत केन्द्रले गत महिना आवेदन माग गरेको थियो । सोअनुसार पुस महान्तसम्म ती विद्यालयले आवेदन दिएका हुन् ।



केन्द्रले आएको आवेदन दिएका विद्यालयको विषयमा छानबिन शुरू गरेको छ ।
८ अर्ब ८७ करोड रुपियाँको यो कार्यक्रम एकै वर्षमा खर्च हुने सरकारको महत्वकांक्षी बजेट हो । केन्द्रका महानिर्देशक चूडामणि पौडेलले पुस अन्तिमसम्म आएका आवेदनमाथि छानबिन शुरू भएको जानकारी दिए ।
उनका अनुसार करिब दुई साताभित्र सबै छानबिन गरी निर्देशक समितिको बैठक बस्ने तयारी छ । ‘आवेदनको अध्ययन गरी सर्ट लिस्टिङ गर्नेछौं, त्यसपछि मात्रै निर्णय हुनेछ’ –महानिर्देशक शर्माले भने।
सो कार्यक्रमअन्तर्गत १३ वटा शीर्षकमा बजेट खर्च हुनेछ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।








