
पाल्पा ।
पाल्पामा आईतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
१७ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको छ ।



यस्तै,६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितले कोरोना जितेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले ६ सय ९४ जना कोरनाका सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये ६ सय ८० जना होम आइसोलेसनमा रहेका छन् भने १४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।









