
गुल्मी ।
गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ ।
आइतबारदेखि लक्षित वर्गलाई बुस्टर खोप लगाउन सुरु गरिएको हो । जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार बुस्टर खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत अग्रमोर्चामा रहेर काम गर्ने लक्षित वर्ग र ६२ वर्ष भन्दामाथिका नगरवासीलाई करिव ३ हजार ५ सय जनालाई लगाउने लक्ष्य लिइएको छ ।



यस अघि पुस ६ गते देखि १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोना विरुद्धको पहिलो चरणको खोप लगाइएको थियो ।
स्वास्थ्य संयोजक अर्यालका अनुसार हाल सम्म सो नगरपालिकामा १८ हजार भन्दा बढिलाई कोरोना बिरुद्धको खोप लगाई सकिएको छ ।
लुम्बिनी दैनिकमा समाचार रहेको छ ।









