
बुटवल ।
संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा.दुमनसिंह थापाको निधन भएको छ ।
नेकपा एमाले अर्घाखाँची क्षेत्र नं. २ बाट २०७० सालको संविधान सभा सदस्यमा नर्वाचित भएका थापाको आईतवार साँझ ६२ वर्षको उमेरमा निधन भएको हो ।



काठमाडौंको हेम्स हस्पिटलमा उपचारको क्रममा उनको मृत्यु भएको हो । केहि दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। थापाको करिब दुई वर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको थियो।
अर्घाखाँचीको नरपानीमा जन्मेका थापा नेकपा एमाले विभाजन पछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए ।
थापा मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत रहेका थिए ।









