
काठमाडौं ।
आज विश्व सिमसार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
यस वर्ष नेपालमा दिवसको नारा ‘दलदल, पानी, पोखरी र खोला :संरक्षण गरे सर्वहित होला’ भन्ने तय गरिएको छ।
नेपालका १० वटा क्षेत्रहरू रामसार सुचीमा सूचीकृत छन्। नेपालको ६० हजार ५६१ हेक्टर क्षेत्र रामसारमा पर्दछ।
पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा नेपालको कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सूचीकृत गरिएको थियो।
कोशी टप्पुसहित बिसहजारी तथा आसपासका तालहरू, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड तथा आसपासका क्षेत्र रामसारमा सुचीकृत छन्।



यस्तै‚गोक्यो तथा आसपासका तालहरू, माईपोखरी र पोखरा उपत्यकाका तालहरू पनि सूचीकृत भइसकेका छन्।
तर‚ पछिल्लो समय रामसार क्षेत्र मासिँदै गएको चिन्ता व्यक्त गरिएको छ।








