
दाङ ।
लुटपाट गर्दै हिँड्ने नक्कली प्रहरी नायब निरीक्षक (सई) दाङमा पक्राउ परेका छन्।
आफूलाई प्रहरीको सई भन्दै हिँड्ने छ्याक्ले भनिने अनिल पुन पक्राउ परेको प्रहरीले जनाएको छ ।



घोराही उपमहानरपालिका–१७ घर भएका २५ वर्षीय पुनलाई जिल्ला प्रहरी कार्यालय दाङले माघ १७ गते पक्राउ गरेको हो।
१७ गते राति १० बजेतिर मार्शल पुनमगर र सन्तोष खड्कालाई घोराही–१५ आर्मी ब्यारेक नजिक रा ४ प ६३३० नम्बरमा आएका दुई व्यक्तिले सई भन्दै धम्क्याएर लुटपाट गरेका थिए।
उनीहरुले खानतलासी गरी २ थान मोबाइल र ४ हजार रुपैयाँ लुटपाट गरी फरार भएका थिए ।
फरार मध्येका एक छ्याक्लेलाई प्रहरीले पक्राउ गरेको हो । अर्का फरार खड्काको भने खोजी भइरहेको प्रहरीको भनाई छ ।









