
काठमाडौं ।
सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् ।
यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ ।
यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।
सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ । हिन्दु धर्मले कुन दिन कुन देवी–देवताका लागि समर्पित छ भन्ने कुरालाई प्रष्ट पारेको छ ।
यसरी गरिने पूजाबाट के फल मिल्छ जानी राखौँ ।



शुक्रबार यो दिन देवी दुर्गाको पूजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ ।
महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ ।
यो दिन सेतो कपडा लगाउनु पर्नेछ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिनेछ ।








