
काठमाडौं ।
आज विश्व क्यान्सर दिवस । ’क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् ‘क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ।
हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ।
क्यान्सर रोगको निवारणका लागि सरोकारवाला संस्थाले चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउन लागेका हुन्।



नेपालमा बर्सेनि क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ। खानपानमा ध्यान पु¥याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने
विश्व स्वास्थ्य संगठनले जनाएको छ। वातावरण र खानपानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका चिकित्सकको भनाइ छ।
त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ। नेपालमा बर्सेनि १५ हजार भन्दा धेरै मानिसको
क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ।








