
काठमाण्डौ ।
कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना संक्रमितको ज्यान गएको छ ।
योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार सात सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा दुई हजार पाँच सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।



यस्तै थप आठ हजार चार सय २५ जना कोराना सङ्क्रमणबाट मुक्त भएका छन् । यो सङ्ख्यासहित नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख ९५ हजार आठ सय ८६ पुगेको छ । अहिले नेपालमा ५६ हजार चार सय ५७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा थप पाँच लाख १३ हजार ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।








