
काठमाडौं ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
तर‚ बिहीवारदेखि लगातार वर्षा र हिमपात गराएको पश्चिमी न्यून चापीय प्रणाली आजदेखि भने कमजोर हुँदै जाने र मौसममा सुधार हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन्।



मानन्धरले शनिवार बिहान प्रदेश १‚ बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातसमेत भइरहेको छ।
दिउँसो मधेश तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत छ। बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ।
यसअघि परेको हिउँदे वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ।








