
प्यूठान ।
बेहुली लिएर फर्कंदै गरेको जिप प्यूठानमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
६ जनाको घटनास्थलमा र २ जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।



नौ बहिनी गाउँपालिका वडा नं ६ को लुङबाट बेहुली लिएर गहुमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको महेन्द्रा जिप गएराती सोही गाउँपालिकाको ओखरपाटामा दुर्घटना भएको हो ।
जिप राती दुर्घटनामा परेपनि प्रशासनमा शनिबार बिहान ५ बजे मात्रै खबर आएको प्रजिअ भुसालले बताए ।
दुर्घटनाको खबर पाउनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगी घाइतेको उद्वार गरेको थियो। जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।
जिपमा सवार पाँच जना गम्भीर घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।









