
पाल्पा ।
पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।
मुझुङ्गका नारायणबहादुर रायमाझीले बुवा चित्रबहादुर रायमाझीको चौरासी पूजा नगरी सो बापतको रकम १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ ।



विद्यालयमा अध्ययनरत कक्षा १–१० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुवा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताए ।
विद्यालयमा अक्षयकोषले जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गर्ने प्रधानाध्यापक अर्घालीले बताए ।









