
पाल्पा ।
पाल्पामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गएको छ ।
३८ वर्षीय वसन्त गिरी र ५० वर्षीय गणेश परियारको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।



प्रहरीका अनुसार तानसेन ४ बडिज्ञानटोलमा भाडामा बस्दै आएका वसन्त गिरी र अर्घाखाँचीको छत्रदेब गाउँपालिका ४ स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिँड्ने ५० वर्षीय गणेश परियारको ज्यान गएको हो ।
ज्याला मजदुरी गर्दै आएका गिरीलाई शनिबार बिहान ८ बजे तानसेन नगरपालिका ४ सिल्खानटोलमा भित्तामा घोप्टो परेको अवस्थामा भेटिएकोे थियो । बेहोस अवस्थामा रहेका उनलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।
यस्तै अचेत अवस्थामा तानसेन ६ बसपार्कमा भेटिएका परियारलाई पनि उपचारका लागी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।









