
भैरहवा ।
जंगली बँदेलको मासुसहित रुपन्देहीमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवा रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले रोहिणी गाउँपालिका–७ स्थित पिप्रहियाबाट तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रोहिणी गाउँपालिका–५ का ३५ वर्षिय बुध्धु पासी, महाराजगंज (भारत) का ४५ वर्षिय पन्यालाल चमार र सोही स्थानका २७ वर्षिय अनिल चमार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।



लु १ ह १९५८ नम्बरको अटोरिक्सामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २५० किलो बराबरको अन्दाजी मूल्य दुईलाख बराबरको जंगली बँदेलको मासु बरामद गरिएको डीएसपी पौडेलले बताए ।
पक्राउ परेका तीनजनालाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।









