
काठमाडौं ।
मौसम पूर्वानुनमान महाशाखाका अनुसार आजदेखि मौसममा सुधार हुँदै जाने भएको छ।
केही दिनदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले मौसम क्रमिकरूपमा सुधार भएको हो।
आइतवार बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य मौसम बदली भएको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
महाशाखाका अनुसार दिउँसो मौसम सफा रहने छ। साँझ पख भने प्रदेश १‚ मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली हुने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। देशका पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।



मौसमविद् सापकोटाका अनुसार आजदेखि दुई–तीन दिन मौसम सफा रहने छ। बुधवार, बिहीवारदेखि पुनः अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको भए पनि त्यसको प्रभाव धेरै नपर्ने उनले बताए।








