
पाल्पा ।
कर्मचारीमा कोभिड संक्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले आईतबार बाट नियमित सेवा दिने भएकोे छ ।
संक्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतबारदेखि नियमित सेवा प्रदान गर्ने जनाएको हो ।



जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै मतदाता नामावली सङ्कलनको कार्य समेत नियमित हुने जानकारी दिएको छ ।
सेवाग्राहीले सेवा लिन आउदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने तथा कोभिड १९ विरुद्धको खोपकार्ड, प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिएर आउनुपर्ने जनाइएको छ ।
कार्यालयका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि गत माघ १४ गते देखि प्रशासनले सेवा स्थगित गरेको थियो ।
सूचना :










