
बुटवल ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि प्रहरी र एमालेको भातृ संगठन अनेरास्ववियुका कार्यकर्ता बिच सोमबार झडप भएको छ।
झडपमा परी अनेरास्ववियुका केही कार्यकर्ताहरु घाइते भएको अनेरास्ववियुले जनाएको छ ।
पेट्रोलियम पदार्थको मुल्य बृद्धीका बिरुद्ध तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नु पर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियुका कार्यकर्ताहरुलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो ।



झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे लगायतका विद्यार्थी नेता तथा कार्यकर्ताहरु घाइते भएको अनेरास्ववियुले जनाएको छ।
अनेरास्ववियुका कार्यकर्ताहरूले निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि रोक्न खोज्दा प्रहरीसँग झडप भएको प्रहरीको भनाई छ ।










