
काठमाडौं ।
सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो साढे २ बजे बस्न लागेको हो।
कार्यसम्पादन समिति बैठकको तयारीस्वरुप पदाधिकारी बैठक बस्न लागेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए।



यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समिति बैठकका एजेण्डा तय गरेको थियो।
मंगलबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सहभागी भएका थिएनन्।
बैठकमा स्थानीय चुनाव, भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे छलफल हुनेछ।








