
काठमाडौं ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीवार र शुक्रबार केही प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै‚उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने जनाएको छ।
बिहीवार बिहान देशमा अधिकांश स्थानको मौसम बदली रहेको छ।
दिउँसो प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसम बदली भए पनि बाँकी भू–भागमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



राति प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रवार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिवार भने मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।








