
अनिल नेपाली ,अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा दलित विशेष कार्यक्रम अन्तर्गत ३ महिने कम्प्युटर डिप्लोमा तालिमको बिहिवार उद्घाटन गरिएको छ ।
तालिमको उद्घाटन गदै सन्धिखर्क नगरपालिका नगर उप–प्रमुख ठाकुर कुमार विक किशोरले अहिलेको युग भनेको विज्ञान प्रविधिको युग भएकोले तालिममा सिकेका सीपलाई व्यहारमा लागू गरि स्वरोजगार बन्नको लागि आग्रह गर्नुभएको थियो ।



कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले विज्ञान प्रविधिको युग सँगै कम्प्युटर शिक्षाको अनिवार्य आबश्यकता बढ्दै गएकोले सिकाईलाई उपलब्धीमुलक बनाउनको लागि आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा आईटी इन्जनियिर विशाल महतले आधुनिक प्रविधिको युग भएकोले तालिमलाई उपलब्धी मुलक बनाउनको लागि समेत आग्रह गरे ।
कार्यक्रम नगर उपप्रमुख ठाकुर कुमार विककोे अध्यक्षता ,प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको आतिथ्यता, महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा प्रमुख बेल कुमारी परियारको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा वडा न ७ का अध्यक्ष प्रितम बहादुर थापा लगायतका जनप्रतिनिधि र प्रशिक्षार्थी लगायतको आतिथ्यता रहेको थियो ।









